चट्याङ्ग लागेर एकको मृत्यु, ८ जना घाइते

 गुल्मी । गुल्मीमा चट्याङ्ग लागेर एकको मृत्यु भएको छ, भने अन्य ८ जना घाइते भएका छन् । शुक्रबार विहान ५ बजेतिर चट्याङ्ग लागेर घाइते भएकी मुसिकोट नगरपालिका–४ दजाकोटकी १८ वर्षीया करिश्मा गाहको जिल्ला अस्पताल तम्घासमा उपचारका क्रममा मृत्यु भएको हो ।

करिश्मा गाहसहित एउटै परिवारका ७ जना चट्याङ्ग लागेर घाइते भएका थिए । त्यस्तै, अर्को एक परिवारका दुई जना सामन्य घाइते भएका छन् ।

जिल्ला प्रहरी प्रजक्ता डीएसपी पुरुषेत्तम प्रसाद पाण्डेले घाइते ९ जनामध्ये एकको मृत्यु भएको र अन्य ४ जना गम्भीर घाइतेलाई थप उपचारका लागि पाल्पा रिफर गर्न लागिएको जानकारी गराए । त्यस्तै, अन्यको अवस्था भने सामन्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment