मुलुकभर ८ हजार ५२० जना नयाँ कोरोना संक्रमित थपिए, २०३ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ८ हजार ५२० जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर २१ हजार ४७८ जनाको पीसीआर–एन्टिजेन परीक्षण ८ हजार ५२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२० हजार ९४८ जनाको आरटी–पीसीआर परीक्षण र ५ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा ८ हजार ५२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर ८ हजार ५२० जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार १३५ संक्रमित निको भए, २ सय ३ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६ हजार १३५ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ६ हजार १३५ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५ सय १६ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २१ हजार ४७८ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २७ लाख ३३ हजार ५१० जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप २ सय ३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ६६९ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment