मुलुकभर ८ हजार १६७ जना नयाँ कोरोना संक्रमित थपिए, १८७ को मृत्यु

 काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ८ हजार १६७ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर १८ हजार ५४८ जनाको पीसीआर–एन्टिजेन परीक्षण ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१७ हजार ९७१ जनाको आरटी–पीसीआर परीक्षण र ५ सय ७७ जनाको एन्टिजेन परीक्षण गर्दा ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर ८ हजार १६७ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ४५५ संक्रमित निको भए, १ सय ८७ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४५५ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ५ हजार ४५५ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ६ सय ७५ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर १८ हजार ५४८ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २७ लाख ५१ हजार ४८१ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १ सय ८७ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment