इलामा आज थप ११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २५४ पुग्यो


इलाम, १ जेठः दोस्रो चरणको कोरोना संक्रमणले देशै भरी तिव्र रुपमा फैलिएको बेला इलाममा पनि आज थप ११ जनामा कोरोण संक्रमण पुष्टी भएको छ । 

संक्रमित हुनेमा इलाम नगरपालिकामा  ४ जना पुरुष ४ जना महिला, सूर्योदय नगरपालिकाका १ जना पुरुष, चुलाचुली गाउँपालिकामा १ जना पुरुष रोङ गाउँपालिकामा १ पुरुष रहेका छन् ।

हाल सम्म इलामको सवै भन्दा धेरै कोरोना संक्रमण इलाम नगरपालिकामा भएको छ इलाम नगरपालिकामा ६१ महिला र ७० पुरुष गरेर १३१ जना संक्रमित रहेका छन् । अहिले सम्म इलामको एक स्थानीय तह सन्दकपुर गाउँपालिका कोरोना कहरबाट सुरक्षित रहेको छ । 

इलाममा हाल सम्म २५४ जनामा कोरोना सक्रमण भएको छ भने १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चुलाचुली गाउँपालिकाका ३ जना, इलाम नगरपालिकाका ४ जना, देउमाइ नगरपालिकाका १ जना, सूर्योदय नगरपालिका १ जना र माइजोगमाइका १ जना रहेका छन् ।

यस्तै इलाममा कोराना संक्रमण मुक्तहुनेको संख्या १४ पुगेको छ ।  


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment