नेकपा एमालेका युवा नेता शंकरको कोरोना संक्रमणको कारण निधन


इलाम, २ जेठः नेकपा एमाले इलाममका युवा नेता तथा एक कुशल नेता नवराज शंकरको कोरोना संक्रमणको कारण गएराती निधन भएको छ । एक हप्ता अघि शंकरलाई कोरोना संक्रमण पुष्टी भएको थियो ।

संक्रमण पुष्टी भए पछि उनी केही दिन होम आइसोलेसनमा वसे स्वास्थ्यमा समस्या आए पछि उनलाई विराटनगर स्थिति विराट नर्सिङहोम लगिएको थियो । उनको सोहि अस्पतालमा उपचारको क्रममा निधन भएको हो । 

मिजासिलो स्वभावका शंकर इलामका एक कुशल नेता थिए । उनी नेकपा एमाले इलामका कार्यालय सचिव मात्र नभएर विभिन्न संघसंस्थामा आवद्ध रहेर काम गरिरहेका थिए । उनी जिल्ला बाल संगठन इलाममका अध्यक्ष समेत हुन । देउमाइ नगरपालिकामा जन्मिएका शंकर इलामम नगरपालिका ९ का स्थायिवासिन्दा हुन ।  

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment