इलामा थप २८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४४ पुग्यो


इलाम, ३१ बैशाखः दोस्रो चरणको कोरोना संक्रमणले देशै भरी तिव्र रुपमा फैलिएको बेला इलाममा पनि आज थप २७ जनामा कोरोण संक्रमण पुष्टी भएको छ । 

संक्रमित हुनेमा इलाम नगरपालिकामा  ३ जना पुरुष २ जना महिला, सूर्योदय नगरपालिकाका ८ जना महिला ७ जना पुरुष, माइ नगरपालिकामा २ जना महिला, चुलाचुली गाउँपालिकामा २ महिला ४ पुरुष, रहेका छन् । 

इलाममा हाल सम्म २४४ जनामा कोरोना सक्रमण भएको छ भने १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चुलाचुली गाउँपालिकाका ३ जना, इलाम नगरपालिकाका ४ जना, देउमाइ नगरपालिकाका १ जना, सूर्योदय नगरपालिका १ जना र माइजोगमाइका १ जना रहेका छन् ।

यस्तै इलाममा कोराना संक्रमण मुक्तहुनेको संख्या १४ पुगेको छ ।  


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment