कोरोना संक्रमणको कारण इलाममा एकै दिन ३ जनाको मृत्यु, मृतकको संख्या १० पुग्यो


इलाम, ३१ बैशाख, दोस्रो चरणको कोरोना संक्रमणले देशै भरी तिव्र रुपमा फैलिएको बेला इलाममा पनि आज थप ३ जनाको कोरोण संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम नगरपालिका ७ का ५९ वर्षिय पुरुष, त्यस्तै सूर्योदय नगरपालिका २ का ४० वर्षिय पुरुष र चुलाचुली गाउँपालिकाका २ का ८६ वर्षि पुरुष रहेका छन् । 

सूर्योदय नगरपालिका र इलाम नगरपालिकाका मृत्कहरुको मेची अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने चुलाचुलिका भने घरमै रहेका थिए । 

इलाममा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १० पुगेको छ । मृत्यु हुनेमा चुलाचुली गाउँपालिकाका ३ जना, इलाम नगरपालिकाका ४ जना, देउमाइ नगरपालिकाका १ जना, सूर्योदय नगरपालिकाका १ जना र माइजोगमाइका १ जना रहेका छन् ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment