प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् गठन, दोहोरिए सबै मन्त्री

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहो¥याउनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीको सिफारिसमा उनीहरुलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको हो । राष्ट्रपति भवनमा आज सपथ लिने मन्त्रीहरुमा ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, प्रदीप ज्ञवाली, हृदयश त्रिपाठी, लेखराज भट्ट, कृष्णगोपाल श्रेष्ठ र प्रभु साह, भानुभक्त ढकाल, मणि थापा, पद्मा अर्याल, वसन्त नेम्वाङ, गौरीशंकर चौधरी रहेका छन् ।

त्यस्तै, पार्वत गुरुङ, शिवमाया तुम्बाहाङ्फे, लिलानाथ श्रेष्ठ, प्रेम आले, दामा लामा तामाङ र जुलीकुमारी महतो पनि रहेका छन् । यता राज्यमन्त्रीहरु नवराज रावत, रामवीर मानन्धरले पनि पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment