प्रधानमन्त्री ओलीद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

 काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । शुक्रबार शितलनिवासमा प्रधानमन्त्री ओलीलाई सपथ ग्रहण गराउनुभएको हो ।

बिहीबार राति ९ बजेसम्म दिइएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत पु¥याउन नसकेपछि राति १० बजे राष्ट्रपतिले ओलीलाई संविधानको धारा ७६९३० अनुसार प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

अब प्रधानमन्त्री ओलीले एक महिनाभित्र फेरि संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसबेला उहाँले विश्वासको मत पाउनुभएन भने धारा ७६ (५) अनुसार राष्ट्रपतिले अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने हुन्छ । र, उसले पनि एक महिनामा विश्वासको मत पाउन नसके प्रधानमन्त्रीले संसद विघटन गरी मध्यावधि चुनाव घोषणा गर्न पाउँछन् ।

बैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वास गुमाएपछि सबै मन्त्रीहरु पदमुक्त भएका छन् । उनीहरुको पनि आजै पुनर्नियुक्ति हुनेछ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment