बिराटनगर । कोरोना संक्रमणका कारण विराटनगरस्थित कोशी कोभिड- १९ उपचार केन्द्रमा ३ जना र नोबेल मेडिकल कलेजमा ३ जना गरी कुल ६ जनाको शुक्रबार बिहानै मृत्यु भएको छ ।
विराटनगर- ११ का ३८ वर्षीय पुरुष र विराटनगर- ६ का ५६ वर्षीय पुरुषको काेशी अस्पतालमा मृत्यु भएकाे हाे । उनीहरूलाइ क्रमशः वैशाख १९ गते तथा वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो । साथै इटहरी- ५ का ७९ वर्षीय पुरुष, जसलाई कोरोना संक्रमण पुष्टि भएपछि ३० गते कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो । उनीहरुको उपचारकै क्रममा ३१ गते बिहान मृत्यु भएको कोभिड- १९ उपचार केन्द्रका फोकल पर्सन अनुपम राजवंशीले जानकारी दिनुभयो ।
यसैगरी नोबेल शिक्षण अस्पतालमा पनि ३ जना संक्रमितहरुको मृत्यु भएको छ । मोहतरी- १ का ७७ वर्षका पुरुषलाई संक्रमण पुष्टि भएर स्वासप्रस्वासमा समस्या आएपछि ३० गते राति अस्पताल भर्ना गरिएको थियो भने उनको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको सो अस्पतालले जनाएको छ ।
नोबेलमै धरान- १ का ३८ वर्षका पुरुषलाई कोरोना संक्रमण पुष्टि भएर स्वास्थ्यमा समस्या आएपछि २२ गते अस्पतालमा भर्ना गरिएको थियो । यसैगरी धनकुटा जोरपाटी- ४ का ५६ वर्षका पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाइ २८ गते अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा नै उनीहरूको मृत्यु भएको नोबेल शिक्षण अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिनुभयो ।
0 comments:
Post a Comment