मुलुकभर ७ हजार ९१४ जना नयाँ कोरोना संक्रमित थपिए, १९३ को मृत्यु


काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ७ हजार ९१४ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर १८ हजार ९ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५ सय ९८ जना र ९ सय ३१ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय १६ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा मुलुकभर १ सय ९३ जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment