दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा अक्सिजन अभाव, छट्पटाउन थाले विरामी

दाङ १९ बैशाख। दाङको कोरोना विषेश अस्पताल बेलझुण्डीमा रहेका विरामीहरु अक्सिजनको अभावले छट्पटाउन थालेका छन् । दुई दिनदेखि अस्तालमा अक्सिजन अभाव देखिएको थियो ।

अक्सिजन आपूर्ति र व्यवस्थापनमा सरकारले ध्यान नदिएपछि आइतबार विहानदेखि अस्पतालमा अक्सिजनको स्टक सकिएको हो । विरामीहरु अक्सिजनको अभावमा बेडमै छट्पटाउन सुरु गरेका अस्पताल प्रशासनले जनाएको छ ।

विरामी अक्सिजनको अभावमा छटपटाउन थालेपछि अस्पताल प्रशासन र चिकित्सक चिन्तित देखिएका छन् । ४२ बेडमा सञ्चालन हुदै आएको कोरोना अस्पताल दबाबका कारण एक सय बेडको चलाउने निर्णय शनिबार मात्रै गरिएको थियो ।

अहिले उक्त अस्पताल ५८ बेडमा चलिरहेको छ । अस्पतालमा दैनिक डेढ सय सिलिन्डर अक्सिजन खपत हुने गरेको छ । तर, आइतबार विहानदेखि एक सिलिन्डर पनि अक्सिजन अस्पतालसँग नहरेको अस्पतालका व्यवस्थापक दोर्ण बहादुर ओलीले बताए ।

‘हिजैदेखि प्रदेश सरकार तथा जिल्लाका सरोकारवाला निकायसँग हारगुहार गर्दै आएका छौं । अहिलेसम्म कसैले सुनेको छैन’, उनले भने, ‘अहिले विरामीहरु अक्सिजनको अभावमा बेढमा छट्पटाइरहेका छन् । हामीसँग अहिले अक्सिजन शून्य छ । दबाबमा बेड त बढाइयो तर, आवश्यक सामग्री व्यवस्थापनमा कसैको चासो भएन ।’

ब्यवस्थापन यस्तै भइरहेमा विरामीको उपचार सम्भव नभएको उनले बताए । अस्पताललाई सय बेडमा सञ्चालन गर्नका लागि दैनिक करिब ४ सय सिलिण्डर अक्सिजन आवश्यक पर्ने व्यवस्थापक वलीले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment