मुलुकभर ७ हजार २११ जना नयाँ कोरोना संक्रमित थपिए, २७ को मृत्यु


काठमाडौं 19  बैशाख। नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ७७० जनाको आरटी–पीसीआर/एन्टिजेन परीक्षण गर्दा ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


१६ हजार १ सय ४७ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ७ हजार १३७ जना र ६ सय २३ जनाको एन्टिजेन परीक्षण गर्दा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर ७ हजार २११ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६१२ संक्रमित निको भए, २७ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ६१२ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ६१२ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ८३ हजार ९९४ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ६७ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर १६ हजार ७७० जनाको पीसीआररएन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २५ लाख ४ हजार ४७६ जनाको पीसीआर/एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप २७ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३२५ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment