इलामका निर्वाचित संसद्हरुले वेवास्ता गरे पछि स्थानीयले खडा गरे कोभिड व्यवस्थापन कोष



इलाम, ५ जेठः इलामका निर्वाचित संसद्हरु झलनाथ खनाल र सुवस चन्द्र नेम्वाङले आफ्नो गृह जिल्लामा कोरोना माहामारीको व्यवस्थापन र संक्रमितहरुको उपचारमा कुनै प्रकारको सहयोग नगरेको र सरकारबाट हुनेसहयोग पनि पर्याप्त नभए पछि यसरी नेताहरुले वेवास्ता गरे पछि स्थानीले कोभिड व्यवस्थापन कोष बनाएर रकम संकल गर्न शुरु गरेका छन् । 

कोरोना संक्रमितहरुका लागि आउने सहयोगलार्ई पारदर्शि रुपमा परिचालन गर्न इलाममा कोभिड व्यवस्थापन राहत कोष खडा गरिएको हो । 

कोरोना महामारीका क्रममा देश विदेशमा रहेका दाताहरुले पठाएको स्वास्थ्य सामग्री र रकम संकलन गरी आवश्यक्ता अनुरुप राहत प्रदान गर्ने उदेश्यले कोष स्थापना गरिएको कोष परिचालन समितिका निरोज खड्गीले जानकारी दिए । संघका अध्यक्ष इश्वर चिपालुले सहयोगको एकत्रीत व्यवस्थापन र पारदर्शि वितरणका लागि कोष स्थापना गरिएको बताए । 

इलाम उद्योग बाणीज्य संघ र नेपाल रेडक्रस सोसाइटी इलाम शाखाका पदाधिकारी समेतको संयुक्त बैठकले इलाम उद्योग बाणीज्य संघको अगुवाईमा बैंक खाता संचालन गरि सहयोग संकलन गर्ने निर्णय गरिएको उनले बताए । कोभिड व्यवस्थापन राहत कोषको संचालन समितिमा इलाम उद्योग बाणीज्य संघ, नेपाल रेडक्रस सोसाइटी इलाम शाखा, नेपाल पत्रकार महासंघ इलाम शाखा , रतन कुमार चौधरी, र निरोज खड्गी रहेका छन् । कोषमा सहयोग गर्न चाहने इच्छुक व्यक्ति र संस्थाहरुले कोषको बैक खाता इलाम उद्योग बाणीज्य संघको नाममा रहेको नेपाल एस बी आई बैक लिमिट्ड इलाम शाखामा रहेको  खाता नम्बर २११२५२४०२००१८३ मा सहयोग गर्न आह्वान गरिएको छ ।  

कोषमा हाल पहिलो दिनमा नै विभिन्न सहयोगी हरुले करिव दश लाख बराबरको सहयोग जम्मा गर्ने बचन दिएको समितिका सदस्य खड्गीले बताए । नेपाली काँग्रेस जिल्ला कार्य समिति इलामले कोषमा एक लाख ९४ हजार रुपैया जम्मा गर्ने भएको छ । गजाधर धनमाया सन्ततीले ८६ हजार दुइ सय, रतन कुमार चौधरी मार्फत इलामका सहयोगी हातहरुले ८६ हजार जम्मा गर्ने भएका छन् । अमेरिकामा रहेका इश्वर अधिकारीबाट ५० हजार र कोरियाबाट ३१ ह्जार संकलन भएको छ ।  यस्तै अमेरिका, युरोप र कोरिया लगायतका मुलुकमा रहेका इलामेलीहरुबाट समेत विभिन्न स्वास्थ्य सामग्री र रकम जम्मा हुने क्रममा रहेको छ । 

विहिबार नै युवा समाजसेवी खड्गीकै अगुवाईमा समिति मार्फत संकलन भएका पी पी ई सेट, मास्क, अक्सीमिटर, सेनिटाइजर, थर्मल गन समेतका सामग्री इलाम अस्पतालमा हस्तान्तरण गरिने भएको छ । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment