आज इलाममा थप २९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३९१ पुग्यो


इलाम, ५ जेठः दोस्रो चरणको कोरोना संक्रमणले देशै भरी तिव्र रुपमा फैलिएको बेला इलाममा पनि आज थप २९ जनामा कोरोण संक्रमण पुष्टी भएको छ । 

संक्रमित हुनेमा इलाम नगरपालिकाका २ जना पुरुष ८ जना महिला,  सूर्योदय नगरपालिकाका १ महिला २ पुरुष, रोङ गाउँपालिका ३ पुरुष २ महिला, माइनगरपालिका १ पुरुष, देउमाई नगरपालिका १ पुरुष, २ महिला र  माइजोगमाई गाउँपालिका ४ पुरुष ३ महिला रहेका छन् ।

इलाममा हाल सम्म ३९१ जनामा कोरोना सक्रमण भएको छ । सवै भन्दा धेरै कोरोना संक्रमण इलाम नगरपालिकामा भएको छ इलाम नगरपालिकामा ९६ महिला र ११८ पुरुष गरेर २१४ जना संक्रमित रहेका छन् । अहिले सम्म इलामको एक स्थानीय तह सन्दकपुर गाउँपालिका कोरोना कहरबाट सुरक्षित रहेको छ । 

इलाममा हाल सम्म कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ  । मृत्यु हुनेमा चुलाचुली गाउँपालिकाका ३ जना, इलाम नगरपालिकाका ७ जना, देउमाइ नगरपालिकाका १ जना, सूर्योदय नगरपालिका २ जना र माइजोगमाइका १ जना रहेका छन् ।

इलाममा  ३९१ जना संक्रमित भएका छन् । यस्तै इलाममा कोराना संक्रमण मुक्तहुनेको संख्या ३४ पुगेको छ ।  


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment