भाउजूको घाँटी रेटेर हत्या गरेको आरोपमा देवर पक्राउ


विराटनगर । अनिता यादबको हत्या गरेको आशंकामा उनकै देवर १९ बर्षका विनोद यादवलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको रङ्गेली–३ स्थित तिलुवा चोक नजिकको नहरमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा बुधबार बिहान अनिताको शव फेला परेको थियो ।

रङ्गेली नगरपालिकाका बेचन यादवकी श्रीमती २४ वर्षीया अनिता यादवको शव फेला परेको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले तिलुवा चोक नजिकको नहरमा हत्या गरेर फालिएको अवस्थामा अनिताको शव भेटिएको जानकारी दिनुभयो ।

प्रहरीको प्रारम्भिक अनुसन्धनबाट घाँटी रेटेर हत्या गरेपछि शव नहरमा फ्यालेको भेटिएको थियो । आरोपी विनोदलाइ इलाका प्रहरी कार्यालय रङ्गेलीमा राखेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment