इलाममा कोरोना संक्रमणको कारण थप १ को मृत्यु, आज १६ जना संक्रमित थपिए


इलाम, २६ बैशाखः दोस्रो चरणको कोरोना संक्रमणले देशै भरी तिव्र रुपमा फैलिएको बेला इलाममा पनि आज थप १ जनामा कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम नगरपालिका वडा नं. ७ का एक पुरुष रहेका छन् ।  

इलाममा आज थप १६ जनामा कोरोण संक्रमण पुष्टी भएको छ । इलाम नगरपालिकामा ११ जनमा संक्रमण पुष्ठी भएको छ जसमा   ५ महिला, ६ पुरुष रहेको छ । 

त्यस्तै सूर्योदय नगरापलिकामा १ मिहिला १ पुरुष, देउमाई नगरपालिकामा १ पुरुष, र चुलाचुली गउाँपालिकमा २ महिलामा संक्रमण भएको स्वास्थ्य कार्यालय इलाममका कोभिड फोकल पर्सन विमल बरालले जानकारी गराए । 

इलामा आज १६ नयाँ संक्रमित र १ जनाको मृत्यु सँगै  थप १७ जनामा कोरोना संक्रमण भएको हो । इलाममा हाल सम्म १५१ जनामा कोरोना सक्रमण भएको छ भने ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चुलाचुली गाउँपालिकाका दुई जना र इलाम नगरपालिकाका ३ जना रहेका छन् ।

 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment