इलामा कोरोना संक्रमणका कारण आज एकै दिन ४ जनाको मृत्यु, ५५ संक्रमित थपिए


इलाम, १३ जेठः दोस्रो चरणको कोरोना संक्रमणले देशै भरी तिव्र रुपमा फैलिएको बेला इलाममा पनि आज थप ५५जनामा कोरोण संक्रमण पुष्टी भएको छ । आज थपिएका ५५ संगै इलाममा संक्रमितको संख्या ८२५पुगेको छ । 

आज संक्रमित हुनेमा इलाम नगरपालिकाका ५ जना पुरुष ५ जना महिला, सूर्योदय नगरपालिकामा १ महिला ५ पुरुष, माइजोगमाई गाउँपालिकामा ९ महिला ११ पुरुष, माङसेवुङ गाउँपालिका ५ महिला ५ पुरुष, माइ नगरपालिका २ पुरुष,  चुलाचुली गाउँपालिकामा २ महिला १ पुरुष र फाकफोकथुमा गाउँपालिका ३ पुरुष  रहेका छन् । 

इलामा आज एकै दिन ४ जनाको मृत्यु 

इलाममा आज कोरोना संक्रमणको कारण ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्योदय १० की २९ वर्षिय महिला र  सूर्योदय नगरपालिका ११ की  ५२ वर्षिय महिला रहेका छन् ।  त्यस्तै चुलाचुली गाउँपालिकाका ७५ र  ७८ वर्षिय २ जना महिला रहेका छन् । 

इलाममा हाल सम्म कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ  । हालसम्म मृत्यु हुनेमा चुलाचुली गाउँपालिकाका ५ जना, इलाम नगरपालिकाका ८ जना, देउमाइ नगरपालिकाका १ जना, सूर्योदय नगरपालिका ६ जना, माई नगरपालिका १ जना र माइजोगमाइका १ जना रहेका छन् ।

इलाममा अहिले सम्म ८२५ जना संक्रमित भएका छन् । यस्तै इलाममा कोराना संक्रमण मुक्तहुनेको संख्या ९७ पुगेको छ ।  


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment