मुलुकभर ६ हजार ९३९ जना नयाँ कोरोना संक्रमित थपिए, १०६ को मृत्यु


काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ६ हजार ९३९ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर २० हजार ९९२ जनाको पीसीआर–एन्टिजेन परीक्षण ६ हजार ९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२० हजार ४१४ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ६ हजार ७३१ र ५ सय ७८ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर ६ हजार ९३९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार २२६ संक्रमित निको भए, १०६ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ७ हजार २२६ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ७ हजार २२६ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ४ लाख १८ हजार ८२९ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या १ हजार ९ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २० हजार ९९२ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २९ लाख ९८ हजार ६४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १ सय ६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ९५१ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment