इलाममा थपिए ५२ जना कोरोना संक्रमित, थप एक जनाको मृत्यु


इलाम, १२ जेठः दोस्रो चरणको कोरोना संक्रमणले देशै भरी तिव्र रुपमा फैलिएको बेला इलाममा पनि आज थप ५२ जनामा कोरोण संक्रमण पुष्टी भएको छ । आज थपिएका ५२ संगै इलाममा संक्रमितको संख्या ७७० पुगेको छ । 

आज संक्रमित हुनेमा इलाम नगरपालिकाका ९ जना पुरुष १० जना महिला, सूर्योदय नगरपालिकामा १ महिला ३ पुरुष, रोङ गाउँपालिकामा ७ महिला ५ पुरुष, माइजोगमाई गाउँपालिकामा १ महिला  माइ नगरपालिकामा ७ महिला ७ पुरुष र  देउमाइ नगरपालिका २ पुरुष  रहेका छन् । 

इलाममा थप एकाको मृत्यु

इलाममा आज थप एक जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्योदय नगरपालिका १० का ६१ वर्षिय पुरुष रहेका छन्। 

इलाममा हाल सम्म कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ  । मृत्यु हुनेमा चुलाचुली गाउँपालिकाका ३ जना, इलाम नगरपालिकाका ८ जना, देउमाइ नगरपालिकाका १ जना, सूर्योदय नगरपालिका ८ जना, माई नगरपालिका १ जना र माइजोगमाइका १ जना रहेका छन् ।

इलाममा अहिले सम्म ७७० जना संक्रमित भएका छन् । यस्तै इलाममा कोराना संक्रमण मुक्तहुनेको संख्या ८८ पुगेको छ ।  


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment