इलाममा गाउँ गाउँमा असावाधानीका कारण फैलिदै कोरोना, आज एकै दिन ६४ जना थपिए


इलाम, ११ जेठः दोस्रो चरणको कोरोना संक्रमणले देशै भरी तिव्र रुपमा फैलिएको बेला इलाममा पनि आज थप ६४ जनामा कोरोण संक्रमण पुष्टी भएको छ । आज थपिएका ६४ संगै इलाममा संक्रमितको संख्या ७१८ पुगेको छ । 

इलामका गाउँ गाउँमा अहिले भुसको आगो झै कोरोना फैलिएको अनुमान लगाउँन थालिएको छ । एउटै गाउँमा धेरै संक्रमित पुष्टी हुन थाले पछि गाउँमा चिन्ता वढ्न थालेको छ । गाउँमा सेनिटाइजर र मास्को अभावको कारणले पनि यस्तो असावधानी भएको जानकारहरु वताउँछन् ।

आज संक्रमित हुनेमा इलाम नगरपालिकाका ७ जना पुरुष १० जना महिला, सूर्योदय नगरपालिकामा ८ महिला ९पुरुष, माइजोगमाई गाउँपालिकामा १३ महिला ११ पुरुष, चुलाचुली गाउँपालिकामा १ महिला र देउमाइ नगरपालिका २ महिला ३ पुरुष  रहेका छन् । 

इलाममा हाल सम्म कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ  । मृत्यु हुनेमा चुलाचुली गाउँपालिकाका ३ जना, इलाम नगरपालिकाका ८ जना, देउमाइ नगरपालिकाका १ जना, सूर्योदय नगरपालिका ३ जना, माई नगरपालिका १ जना र माइजोगमाइका १ जना रहेका छन् ।

इलाममा अहिले सम्म ७१८ जना संक्रमित भएका छन् । यस्तै इलाममा कोराना संक्रमण मुक्तहुनेको संख्या ८८ पुगेको छ । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment