युराे कप : जर्मनीलाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा


काठमाडौं । इंग्ल्यान्ड युरोपेली च्याम्पियनसिप २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा जर्मनीलाई २–० गोल अन्तरले पराजित गर्दै इग्ंल्यान्ड अन्तिम आठमा प्रवेश गरेको हो ।

इग्ंल्याडलाई जित दिलाउको लागि रहिम स्टर्लिङ र ह्यारी केनले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । पहिलो हाफमा दुवै टोलीले आफूले पाएको अवसर सदुपयोग गर्न नसक्दा खेल गोलरहित रहेको थियो ।

खेलको ७५ औं मिनेटमा इंग्ल्यान्डले स्टर्लिङको गोलमा अग्रता लियो । उनले लुक शाको क्रसमा गोल गरेका थ्एि ।

८६ औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर पारे । उनले विंगरको क्रसमा डाइभिङ हेडर गोल गरेका थिए । यससँगै केनले जारी युरोमा पहिलो गोल पनि गरे ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment