
फिदिम । फिदिम नगरपालिका ४ स्थित कुमालेटारमा बस्दै आएका ८० बर्षीय बृद्ध ह’त्याको थप अनुसन्धानका लागि तालिमप्राप्त कुकुर झिकाइएको छ ।
फिदिम २ मा स्थायी घर भई कुमालेटारमा श्रीमती कालिमायासँग बस्दै आएका टेकबहादुर इङ्वाको गएराति घरमै ह’त्या भएको थियो ।
ह’त्याको थप अनुसन्धानका लागि धरानबाट तालिमप्राप्त कुकुर झिकाईएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख डीएसपी दानबहादुर थापाले जानकारी दिनुभयो ।घरमा टेकबहादुर र उनकी ८५ बर्षीया श्रीमती कालिमाया मात्रै बस्दै आएका थिए ।
कालिमाया शारीरीक रुपमा अशक्त बृद्धा हुन् । उनी राम्रोसँग बोल्न र हिड्न सक्दिन थिइन् ।
0 comments:
Post a Comment