काठमाडौँमा यसअघि स्थगित खोप अभियान आजबाट पुनः सञ्चालन


काठमाडौँ । काठमाडौं महानगरपालिकामा यसअघि स्थगित गरिएको खोप अभियान पुनः सञ्चालन हुँदै छ । महानगरभित्रका निश्चित उमेर समूह र प्राथमिकताका व्यक्तिले आज र भोलि कोरोनाविरुद्धको खोप लगाउन पाउने छन् ।

यसअघि जेठ २५ गते काठमाडौं महानगरपालिकाले ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई लक्षित गरी सुरु गरेको अभियान खोप अभावका कारण रोकिएको थियो । पुनः आज र भोलि दुई दिन उक्त समूहका छुटेका नागरिकलाई चिनिया भेरोसेल खोप लगाइने छ ।

महानगरले खोप अभाव भएपछि जेठ २७ गते सूचना जारी गरेरै अभियान स्थगित गरेको थियो । ६० र ६१ वर्ष उमेर समूहका नागरिकले आज र भोलि भेरोसेलको पहिलो मात्रा लगाउन पाउनेछन् । साथै कोरानाका बिरामीको उपचार जाँच र प्रत्यक्ष उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, प्यारामेडिक्स, नर्सिङका विद्यार्थीलाई पनि भेरोसेल खोपको पहिलो मात्रा लगाइने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment