इलाम, ३० जेठः इलाममा गत बैशाख २८ गते देखि जारी निषेधाज्ञा फेरि एक साताका लागि थप गरिएको छ ।
आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले जेठ ३१ गतेसम्मका लागि लगाइएको निषेधाज्ञा पुनः जेठ मसान्तसम्मका लागि लम्ब्याउने निर्णय गरेको छ ।
जारी निषेधाज्ञा एक महिना वढी भई सकेपनि अझै कोरोना संक्रमण पूर्णरुपमा नियन्त्रणमा नआईसकेकोले बैठकले निषेधाज्ञा थप गर्नुको बिकल्प नभएको निष्कर्ष निकाल्दै सो निर्णय गरेको हो ।
0 comments:
Post a Comment