
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप गरिए पनि निषेधाज्ञा अवधिमा निजी सवारी साधन जोर/विजोर प्रणालीमा चलाउन पाइने भएको छ ।
आइतबार उपत्यकाका तीन जिल्लाका जिल्ला प्रमुख अधिकारी (सिडिओ) बीच भएको छलफलमा निषेधाज्ञा अवधिमा निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइने निर्णय भएको हो । तर, सार्वजनिक सवारी साधन भने चलाउन पाइने छैन ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार बैठकले असार ११ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।
उनले निजी सवारी साधन जोर नम्बर प्लेटको जोर बार र विजोर नम्बर प्लेटो विजोर बार चल्न दिने निर्णय गरेको पनि जानकारी दिए ।
साथै, सवारी जोर विजोर प्रणालीसँगै बार अनुसार पसल सञ्चालन गर्न पनि पाइने उनले बताए।
१६ वैशाखदेखि जारी निषेधाज्ञा एक साताका लागि थप गरिएको छ ।
केही बेरमा उपत्यकाका सिडिओहरुबीचको पूर्ण बैठकको निर्णय सार्वजनिक हुँदैछ ।
0 comments:
Post a Comment