
काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार १८२ जनाको परीक्षण गर्दा ३ हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ९ हजार ५९८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ७०९ जना र ५ हजार ५८४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ४१ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख २३ हजार १५१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना कोरोनामुक्त भए, ६७ को मृत्यु
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ हजार २२५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख २० हजार ८१६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १५ हजार १८२ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३२ लाख ९५ हजार ६५४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप ६७ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ३०५ पुगेको छ ।
0 comments:
Post a Comment