देशभर ५ हजार ४२ जना नयाँ कोरोना संक्रमित थपिए, ६८ को मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार २ सय ४२ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप कोरोना संक्रमितसँगै ६८ जनाको निधन भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा देशभर ८ हजार २४३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ७१ आरटी–पीसीआर विधिबाट र ५ हजार ३४३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा कुल ५ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना परीक्षणका क्रममा एन्टीजेनतर्फ १ हजार ५ सय २ र पीसीआर परीक्षणतर्फ ३ हजार ५ सय ४० जना रहेका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कूल संख्या ५ लाख ८५ हजार १ सय पीसीआरतर्फ र १ लाख ३१ हजार ४ एन्टिजेनतर्फ पुगेको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ७ हजार ७ सय ९९ रहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment