पाँचथरमा फेरी एक साता निशेधाज्ञा थपीयो



फिदिम । पाँचथरमा फेरी एक साता फेरी निषेधाज्ञा थप हुने भएको छ । यस अघि जारी गरिको निषेधाज्ञाको समय भाेली  राति १२ बजेबाट सकिदै छ । निषेधाज्ञा असार १४ गते मध्यरात बाट असार २१ गते मध्यरात सम्म रहने छ ।

फेरी थप हुने निषेधाज्ञामा कुनै परिर्वतन भएको छैन । अहिले जारी भएको निषेधाज्ञालाइनै निरन्तरता दिइएको छ ।

होटलहरुले सामुहिकरुपमा भेला हुने गरी सेवा दिन पाउने छैन् । पार्टी प्यालेस , स्वीमिङ्ग पुल , सपिङ्गमल , मनोरञ्जनस्थल , पार्क , सैलुन , ब्युटीपार्लर , जिम खाना र समूहमा खेलिने खेलकुदहरु , पुस्तकालय , संग्रालय आदि बाहेकका अन्य सबै पसल तथा व्यवसायहरू स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरि खोल्न पाइने भएको छ । यि पसलहरु हरेक दिन बिहान ५ः०० बजे बाट दिनको १०ः०० बजे सम्म खोल्न पाइने निणर्य भएको हो ।

कृषि तथा वनजन्य वस्तुहरूको ढुवानी समेत खुल्ला भएको छ । उक्त वस्तुहरु संग सम्बन्धित उद्योगहरु समेत स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना सञ्चालन गर्न पर्ने छ । सार्वजर्निक यातायात पुर्णरुप बन्द रहनेछ ।

कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि आइतबार प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकालको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले  भाेली राति १२ बजेदेखि लागू हुने गरी एक साता निषेधाज्ञा थप गर्ने निणर्य गरेको हो ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment