छोराले गरे ७५ वर्षीय बुवाको हत्या, फरार छोरा तत्कालै पक्राउ


खोटाङ । खोटाङमा धारिलो हतियार प्रहार गरी छोराले बुवाको हत्या गरेका छन् । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका- २ सोल्माका ७५ वर्षीय कुमार राईलाई उनका आफ्नै छोरा ३७ वर्षीय सब्रुन राईले हत्या गरेका हुन् ।

आइतबार बिहान ४ बजे बुवालाई धारिलो हतियार प्रहार गरि फरार रहेका राईलाई खोजी गरि नियन्त्रणमा लिन स्थानीयबासीले जिल्ला प्रहरी कार्यालय खोटाङमा जानकारी गराएका थिए ।

स्थानीयले प्रहरीमा जानकारी गराउनसाथ तत्काल जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक अमरप्रसाद गजमेरको टोली घटनास्थल पुगी फरार रहेका अभियुक्त राईलाई अल्छेढुङ्गाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक सागर साहले बताउनुभयो ।

मृतक राईको शव परिक्षण गर्न जिल्ला अस्पताल दिक्तेल पठाइएको प्रहरीले जनाएको छ । घटना के कारणले घट्यो भन्ने बारे प्रहरी निज अभियुक्त राईले हिरासतमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment