कोभिड अस्पतालमै चिकित्सक र कर्मचारीमाथि हातपात

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा सञ्चालित मालु कोभिड अस्पतालका चिकित्सक तथा कर्मचारीमाथि गएराति हातपात भएको छ ।

राति १२ बजे स्थानीय केही युवाले मदिरा सेवन गरेर अस्पताल प्रवेश गरी डा रोविश कार्की र कार्यालय सहयोगी टोपबहादुर मिजारलाई हातपात गरेको वडा नं ४ का वडाध्यक्ष होमबहादुर श्रेष्ठले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष ईश्वर चन्द्र पोखरेलका अनुसार अस्पताल परिसरमा प्रवेश गरी कोभिड बाहेक अन्य बिरामीको समेत उपचार गर्नका लागि दवाव दिँदै चिकित्सकमाथि हातपात भएको थियो ।

बन्द ढोका नाघेर प्रवेश गरेका ती युवालाई अस्पतालमा कोरोनाका बिरामी रहेको कारण भित्र प्रवेश नगर्न भनेको र केही समस्या भएमा आफूले कोभिड बिरामीभन्दा छुट्टै परीक्षण गराउने बताउँदा पनि एक्कासि आफूमाथि हातपात गरेको डा कार्कीले बताउनुभयो।

चार युवाले आफूहरुमाथि हातपात गर्न थालेपछि चिकित्सक तथा कर्मचारी भागेर बसेको जनाइएको छ । अभियुक्त तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले मालुका गोपाल तिमिस्सिना, रोशन पोखरेल र विजुले नेपालीलाई नियन्त्रणमा लिएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको र कानुनअनुसार कारवाही गरिने दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताउनुभायो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment