इलाममा थप २२ जनामा कोरोना संक्रमण, थप २ जनाको मृत्यु


इलाम, १३ असारः देशैभरी दोस्रो लहरको कोरोना संक्रमण वढी रहेको वेला इलाममा पनि थप २२ जनामा कोरोना संक्रमण भएको छ । इलामा आज २२ जना थपिए संगै संक्रमितको संख्या १ हजार ७ सय १८ पुगेको छ । 

आज कोरोना संक्रमण हुनेहरुमा इलाम नगरपालिकामा २ महिला  १२ पुरुष, माङसेवुङ गाउँपालिकामा १ महिला,  माई नगरपालिकामा १ महिला ३ पुरुष, रोङ गाउँपालिकामा १ महिला १ पुरुष र माइजोगमाई गाउँपालिकमा १ पुरुष रहेका छन् ।

 थप २ जनाको मृत्यु

इलाममा कोरोना संक्रमणको कारण थप दुई जनाको मृत्यु भएको छ । माईजोगमाई गाउँपालिकाममा दुई जनाको मृत्यु भएको हो । इलाममा कोरोना संक्रमणको कारण  हाल सम्म ४४ जनाको मृत्यु भई सकेको छ । इलाममा हाल सम्म १ हजार ४ सय २६ जना संक्रमितले स्वास्थय लाभ गरिसकेका छन् । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment