इलाममा थप ३१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७८१ पुग्यो


इलाम, १५ असारः देशैभरी दोस्रो लहरको कोरोना संक्रमण वढी रहेको वेला इलाममा पनि थप ३१ जनामा कोरोना संक्रमण भएको छ । इलामा आज ३१ जना थपिए संगै संक्रमितको संख्या १ हजार ७ सय ८१ पुगेको छ । 

आज कोरोना संक्रमण हुनेहरुमा इलाम नगरपालिकामा १ महिला  ७  पुरुष, सूर्योदय नगरपालिकमा ३ पुरुष, माइजोगमाई गाउँपालिकामा १ पुरुष,  देउमाई नगरपालिकामा ५ महिला ४ पुरुष र सन्दकपुर गाउँपालिकमा ५ महिला ५ पुरुष  रहेका छन् ।

इलाममा कोरोना संक्रमणको कारण  हाल सम्म ४४ जनाको मृत्यु भई सकेको छ । इलाममा हाल सम्म १ हजार ४ सय ५८ जना संक्रमितले स्वास्थय लाभ गरिसकेका छन् । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment