मुलुकभर २६३६ जना नयाँ संक्रमित थपिए, २० को मृत्यु


काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ७४८ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार २५९ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १७ सय २८ जना र ४ हजार ४८९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ७० हजार ८५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ३४८ जना कोरोनामुक्त भए, २० को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३४८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ९२ हजार ५३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ७४८ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३५ लाख २१ हजार ३७६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप २० संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७१ पुगेको छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment