कोरोना संक्रमणको कारण इलमा थप २ जनाको मृत्यु, थप २१ जनामा कोरोना संक्रमण


इलाम, १५ असारः देशैभरी दोस्रो लहरको कोरोना संक्रमण वढी रहेको वेला इलाममा पनि थप २१ जनामा कोरोना संक्रमण भएको छ । इलामा आज २१ जना थपिए संगै संक्रमितको संख्या १ हजार ८ सय २ पुगेको छ । 

आज कोरोना संक्रमण हुनेहरुमा इलाम नगरपालिकामा ३ महिला  ४  पुरुष, सूर्योदय नगरपालिकमा २ महिला ४ पुरुष, माइ नगरपालिकामा २ पुरुष, रोङ गाउँपालिककाका ३ महिला २ पुरुष, चुालाचुली गाउँपालिकमा १ महिला  रहेका छन् ।

थप २ जनाको मृत्यु

इलाममा कोरोना संक्रमणको कारण थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चुलाचुली  ५ की ३१ वर्षिय महिला र सूर्योदय १० का २५ वर्षिय पुरुष  रहेका छन् । इलाममा कोरोना संक्रमणको कारण  हाल सम्म ४६ जनाको मृत्यु भई सकेको छ । इलाममा हाल सम्म १ हजार ४ सय ८५ जना संक्रमितले स्वास्थय लाभ गरिसकेका छन् । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment