कोरोना संक्रमण बढेपछि बुद्धशान्ति गाउँपालिका एक साता सिल


झापा । पछिल्लो समय कोरोना संक्रमण दर बढ्दै गएपछि झापाको बुद्धशान्ति गाउँपालिका एक साताको लागि सिल भएको छ ।

आज राति १२ बजेबाट लागू हुनेगरी गाउँपालिकाका सबै वडा ११ गते सोमबार राति १२ बजेसम्मका लागि सिल गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले जानकारी दिए ।

पछिल्लो समय कोरोना संक्रमण अनियन्त्रित बन्दै गएपछि सोमबार गाउँपालिकामा बसेको राजनीतिक दल, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि, स्थानीय प्रशासनको संयुक्त बैठकले एकहप्ताका लागि सम्पूर्ण पसल, व्यवसाय, मानिसको आवतजावत पूर्णरुपमा बन्द गर्ने निर्णय भएको गाउँपालिका प्रमुख भुजेलले बताए ।

बुद्धशान्तिमा पछिल्लो दुई दिनमा मात्र १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता