इलाममा कोरोन संक्रमणको ग्राफ उकालो लग्यो, एकै दिन १०३ जना कोरोना संक्रमित थपिए


इलाम, ४ साउनः इलाममा लकडाउन खुकुलो बनाए सँगै कोरोनाको ग्राफ ह्वत्ते वढेको छ । आज एकै दिन इलाममा १०३ जना कोरोना संक्रमित थपिएका छन् । इलाममा आज थपिएका १०३ जना संगै संक्रमितको संख्या २७५८ पुगेको छ ।

इलाममा आज संक्रमित हुनेमा रोङ गाउँपालिकामा १४ महिला १५ पुरुष, सूर्योदय नगरपालिकामा १५ महिला १३ पुरुष,  इलाम नगरपालिकामा ११ महिला १२ पुरुष, माइ नगरपालिकामा ११ महिला ७ पुरुष, देउमाई नगरपालिकामा २ पुरुष, फाकफोकथुमा गाउँपालिकामा १ महिला १ पुरुष र माइजोगमाई गाउँपालिकामा १ महिला रहेका छन् । 

इलाममा हालसम्म संक्रमणको कारण ५८ जनाको मृत्यु भई सकेको छ । अहिले इलाममा ६९१ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये ५७५ जना होम आइशोलेसनमा रहेकाछन् । ११ जना अस्पतालमा समान्य उपचारमा छन् भने ५ जना आइ सी युमा उपचाररत रहेका छन् । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment