मुलुकभर थप २ हजार ४४५ जनामा कोरोना पुष्टि, ३२ को मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ६६४ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ८३३ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ६४२ जना र ३ हजार ८३१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख १८ हजार ९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २५८जना कोरोनामुक्त भए, ३२ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार २५८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ३३ हजार ३३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ६६४ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३७ लाख ४४ हजार १८० जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ३२ संक्रमितको मृत्यु भएको छ । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment