जसपाका नेतालाई सनाखतका लागि निर्वाचन आयोगले बोलायो


काठमाडाैं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का बुझाएको कार्यकारिणी सदस्यहरुलाई सनाखतका लागि बोलाएको छ ।

आयोगमा बिहीबार बसेको इजलासले आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते बोलाएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयाे ।

दलकाे आधिकारिता विवाद गर्ने प्रयोजनका लागि कार्यकारिणी सदस्यलाई स्वयं उपस्थीत हुन भनिएको छ। दल एकता हुँदा बुझाइएको कार्यकारीणी सदस्यहलाई परिचय खुल्ने कागजातसहित आयोगमा इजलासबाट आदेश भएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३–४४ अनुसार पार्टीको आधिरकारिकता दाबी गरेपछि विवाद निरूपणका लागि इजलास प्रक्रियामा गएको हो ।

उपेन्द्र पक्षले आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिरहेको छ । जसपामा यादव र अध्यक्ष महन्थ ठाकुर पक्षबीच विवाद छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment