इलामा थप ४० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २०८२ पुग्यो


इलाम, २२ असारः देशैभरी दोस्रो लहरको कोरोना संक्रमण वढी रहेको वेला इलाममा पनि थप ४० जनामा कोरोना संक्रमण भएको छ । इलामा आज ४० जना थपिए संगै संक्रमितको संख्या २ हजार ८२ पुगेको छ । 

आज कोरोना संक्रमण हुनेहरुमा इलाम नगरपालिकामा २ महिला  ४  पुरुष, सूर्योदय नगरपालिकामा ६ महिला २ पुरुष, माङसेवुङ गाउँपालिकामा २ महिला ३ पुरुष, रोङ गाउँपालिकामा ८ महिला ५ पुरुष, देउमाई नगरपालिकामा १ महिला, १ पुरुष,  सन्दकपुर गाउँपालिकामा २ महिला १ पुरुष र फाकफोकथुम गाउँपालिकामा २ पुरुष रहेका छन् ।

इलाममा कोरोना संक्रमणको कारण  हाल सम्म ५१ जनाको मृत्यु भई सकेको छ । इलाममा हाल सम्म १ हजार ६ सय २५ जना संक्रमितले स्वास्थय लाभ गरिसकेका छन् । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment