इलाममा कोरोनाको ग्राफ अझै वढ्दै, आज एकै दिन ३४ जनामा संक्रमण २ जनाको मृत्यु


इलाम, २५ असारः इलामा आज थप ३४ जनामा कोरोना संक्रमित थपिएका छन् । कोरोनाको दोस्रो लहर आए सँगै इलामा पनि कोरोना संक्रमितको ग्रफ वढ्र गएको छ । आज थपिएका ३४ जानासँग इलामा संक्रमितको संख्या २ हजार १ सय ७८ जना पुगेको छ । इलामा लकडाउन खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्यामा पनि वृद्धि भएको छ । 

इलाममा आज संक्रमित हुनेहरुमा इलाम नगरपालिकाका २ महिला ५ पुरुष, सूर्योदय नगरपालिकका ४ महिला ८ पुरुष, माङसेवुङ गाउँपालिकामा १ पुरुष, रोङ गाउँपालिकाका २ पुरुष, सन्दकपुर गाउँपालिकामा ५ महिला ३ पुरुष र फाकफोकथुम गाउँपालिकाका १ महिला २ पुरुष रहेका छन् ।

थप दुई जनाको मृत्यु

इलाम आज थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माङसेवुङ गाउँपालिकाका १ महिला र १ पुरुष रहेका छन् । इलाममा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ५५ पुगेको छ । हाल सम्म १ हजार ७ सय ३४ जनाले इलामा कोरोना संक्रमण मुक्त भएका छन् । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment