इलाममा थप ६२ जनामा कोरोना संक्रमण


इलाम, १५ साउनः इलाममा आज थप ६२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । इलाममा निरन्तर कोरोना संक्रमणको ग्राफ वढी रहेको छ ।  आज थपिएका ६२ सगै संक्रमितको संख्या ३४१३ पुगेको छ । 

इलाममा आज संक्रमित हुनेहरु इलाम नगरपालिकाका १६ महिला २१ पुरुष, माई नगरपालिकामा ५ महिला ४ पुरुष, देउमाई नगरपालिकामा २ महिला ५ पुरुष, माईजोगमाई गाउँपालिकामा २ महिला ३ पुरुष, फाकफोकथुम गाउँपालिकामा २ महिला १ पुरुष र  रोङ गाउँपालिकामा १ पुरुष रहेका छन् । 

इलामा अहिले सम्म कोरोना संक्रमणको कारण ६९ जनाको मृत्यु भएको छ । इलाममा अहिले ९५३ जना सक्रिय संक्रमित रहेका छन् । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment