हङकङ महासंघले इलामको साँखेजुङको स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग


इलाम, १५ साउनः इलामको साँखेजुङको स्वास्थ्य चौकीलाई प्रवासी नेपालीहरुको समूह हङकङ नेपाली महासंघले अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । बिहीबार एक कार्यक्रम गरेर सो कन्सन्ट्रेटर साँखेजुङको नेपालटार स्वास्थ्य चौकीलाई प्रदान गरिएको हो ।

हङकङमा रहेका नेपालीहरुको समूहले नेपालमा रहेका विभिन्न २०० स्वास्थ्य चौकीहरुलाई सो मेसिन एक एक थान प्रदान गरेको छ । 

हङकङ नेपाली महासंघले विभिन्न स्वास्थ्य चौकीहरुलाई वितरण कन्सन्ट्रेटर वितरण गरिने जानकारी पाएक पछि भिभिन्न माध्यमबाट पहल गरेर साँखेजुङको नेपालटारमा रहेको स्वास्थ्य चौकीमा महासंघले सो कन्सन्ट्रेटर दिएका स्थानीयवासी निराजन भट्टराईले जानकारी दिए । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment