झापा : सडकमा ‘नो एमसीसी’ लेखिएको नारा मेटियो


  • युवराज आचार्य,

झापा । नेपालको पूर्वी नाकास्थित काँकरभिट्टा सडकमा ‘नो एमसीसी’ लेखिएको नारा मेटिएको छ । राष्ट्रवादी समाज नेपाल झापाले विहीबार मेचिनगर नगरपालिका–६ स्थित काँकरभिट्टाका मुख्य चोक तथा सडकमा लेखिएको नो एमसीसी नारा मेटिएको हो ।

बजारका मुख्य सडक तथा चोकमा सो समाजका कार्यकर्ताले “नो एमसिसी” को नारा लेखेका थिए । तर विहीबार राति नै नो एमसीसीको नारा सेतो इनामेल लगाएर मेटिएपछि राष्ट्रघाति सम्झौताका विरूद्ध शान्तिपूर्ण कार्य गर्दा नारा मेटाइनु दुःखद भएको समाजले जनाएको छ ।

राष्ट्रवादी समाज नेपालका झापा सल्लाहकार संयोजक गिरिराजमणि पौडेलले प्रहरी प्रशासनसँग अनुमति लिएर उक्त कार्य गरेको र कार्यक्रमको बीचमा प्रहरीले उक्त कार्य रोक्न भनेपछि हिजो कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।

नारा मेटिएको ठाउँमा सीसी क्यामेरा जडान रहेकोले प्रहरी प्रशासनसँग फुटेज माग्ने र नारा कसले र किन मेटाएको बारे टुंगो लगाएर मात्र छाड्ने समाजले जनाएको छ ।

देश र राष्ट्रियता भन्दा ठूलो केही पनि नभएको भन्दै राष्ट्रघाति सम्झौता विरूद्ध समाजले थप संघर्षका कार्यक्रमहरू गरिने समाजका सदस्य भिम भट्टराईले जानकारी दिएका थिए । उनका अनुसार कोरोना भाइरसको असरलाई मध्यनजर गर्दै सामाजिक दूरी कायम गर्दै सडक लेखन कार्यक्रम झापा जिल्लाभरी गरिने उनले जानकारी दिए ।

राष्ट्रवादीहरूको सहकार्यमा झापाबाट सुरूभएको उक्त कार्यक्रमलाई मेचीदेखि महाकालीसम्म विस्तार गर्ने र अझै सशक्त तरिकाले अगाडि बढ्ने संयोजक लिप्सन बास्तोलाले जानकारी दिए ।

साथै उनले अबका कार्यक्रमहरूमा स्थानीय जनप्रतिनिधिलगायत केन्द्रीय नेता तथा सम्बन्धित क्षेत्रका निर्वाचित सांसद तथा मन्त्रीलाई ध्यानाकर्षण गराउने, राष्ट्रवादी शक्तिहरू जो कोहिसँग राष्ट्रघाति एमसीसी सम्झौताका विरूद्ध प्रदर्शन गर्ने लगायत तय गरेको छ ।

केहि दिन अगाडि समाजले झापाको काकडभिट्टादेखि विर्तामोडसम्म बृहत् र्‍यालिसहित प्रदर्शन समेत गरेको थियो ।

न्युज २४ नेपालबाट साभार गरिएकाे

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment