इलामको सूर्योदयमा रहेको चिया उद्योगमा आगलागी हुँदा तीन करोड वढीको क्षति


इलाम, १५ साउनः इलामको सूर्योदय नगरपालिका  ८ मालुम स्थितमा रहेको रक्तकालि टि ईस्टेट प्रालिमा आगलागी भएको छ । शुक्रबार राती १ बजे विधुत सर्ट भई सो चिया उद्योगमा आगलागि भएको  हो । 

१ बजे शुरु भएको आजलागी  प्रहरी चौकी फिक्कलबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा प्रहरी टोलि, स्थानीयवासी, शसस्त्र प्रहरी र सुर्योदय नगरपालिकाको दमकलको सहायताले बिहानको राति ०४ः१५ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा लिइएको  थियो । 

आगलागिबाट टिनको छाना, टिनको बेरा भएको भवन, भवन भित्र रहेको चिया बनाउने ६ वटा मेसिन, स्टक चिया , चिया बनाउने कच्चा पदार्थ समेत पुर्ण रुपमा जलि अन्दाजी तीन करोड बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलममका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक गंगा वहादुर थापाले जानकारी गराए । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment