
काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ६६१ जनाको आरटी-पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ९ हजार ७८३ जनाको आरटी-पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ५३ हजार ६३३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ८१६ जना कोरोनामुक्त भए, २७ को मृत्यु
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१६ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ५२ हजार २६१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १४ हजार ६६१ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३९ लाख ०८ हजार ३१३ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप २७ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८३४ पुगेको छ ।
0 comments:
Post a Comment