घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु

बागलुङ । काठेखोला गाउँपालिका–५ बिहुँ, काउलेका ४८ वर्षीय इन्द्रबहादुर पुनको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ ।

घर नजिकै रहेको झौरियाको भीरमा घाँस काट्न जानुभएका पुनको आज बिहान लडेर मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद कँडेलले जानकारी दिनुभयो ।

स्थानीयवासीले खबर गरेपछि बिहुँ–धम्जा प्रहरीचौकीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment