इलाममा गाँजा फडानी गर्ने अभियानमा प्रहरी


इलाम, ५ साउनः इलाममा विभिन्न स्थानमा उम्रिएका गाँजाका बोट फाडानी गर्ने अभियान प्रहरीले तिव्र बनाएको छ ।  जिल्ला प्रहरी कार्यालय इलाम तथा यसको मातहतमा रहेका प्रहरी कार्यालयहरुले प्राकृतिक रुपमा मानिसको पाखाबारी तथा सार्वजनिक जग्गामा उम्रिएको गाँजाका बोटहरु नष्ट गरीरहेको छ । यसै अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय नयाँबजारबाट खटिएको प्रहरी टोलिले आज माईजोगमाई गाउँपालिका ३ गुप्ती स्थित पाखाबारी तथा सार्वजनिक जग्गामा उम्रिएको १५० वटा गाजाका बोटहरु फडानी गरी सोही स्थानमा जलाई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment