इलाममा थप ८५ जनामा कोरोना संक्रमण, थप दुई जनाको मृत्यु


इलाम, ५ साउनः इलाममा लकडाउन खुकुलो बनाए सँगै कोरोनाको ग्राफ ह्वत्ते वढेको छ । आज एकै दिन इलाममा ८५ जना कोरोना संक्रमित थपिएका छन् । इलाममा आज थपिएका ८५ जना संगै संक्रमितको संख्या २७४३ पुगेको छ ।

इलाममा आज संक्रमित हुनेमा इलाम नगरपालिकामा १३ महिला १२ पुरुष, सूर्योदय नगरपालिकामा १३ महिला १० पुरुष,  रोङ गाउँपालिकामा ५ महिला ४ पुरुष, देउमाइ नगरपालिकामा २ महिला ६ पुरुष, फाकफोकथुम गाउँपालिकामा ४ महिला ४ पुरुष, माइ नगरपालिकामा २ महिला ४ पुरुष र सन्दकपुर गाउँपालिकामा २ महिला ४ पुरुष रहेका छन् । 

थप दुइ जनाको मृत्यु 

इलाममा आज कोरोना संक्रमणको कारण थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माइ नगरपालिका ९ वस्ने २२ वर्षिय महिला र इलाम नगरपालिका ९ वस्ने  ५६  वर्षिय भारतीय महिला रहेका छन् । 

इलाममा हालसम्म संक्रमणको कारण ६० जनाको मृत्यु भई सकेको छ । अहिले इलाममा ७४३ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये ७२८ जना होम आइशोलेसनमा रहेकाछन् । १० जना अस्पतालमा समान्य उपचारमा छन् भने ५ जना आइ सी युमा उपचाररत रहेका छन् । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment