इलामको नेपालटारमा आगलागि हुँदा ४४ लाख वढीको क्षति


इलाम, ५ साउनः इलामको नेपालटारमा आज एउटा घरमा आजलागि भएको छ । इलाम नगरपालिका १ नेपालटारको किटिडाँडा बस्ने तेज बहादुर गुरुङको टिनको छानो सहितको  पक्कि बेरा भएको ३ तले घरमा बिधुत सर्ट भई आगलागि हुदा उक्त घर पुर्ण रुपमा  नस्ट भएको  छ । 

उक्त आगलागिबाट रु ४४ लाख ७४ हाजर ४ सय बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ । आगलागिबाट मानबिय तथा चौपाय क्षति नभएको छ । उक्त स्थानमा अस्थाई प्रहरी पोष्ट नेपालटारबाट प्रहरी हवलदारको कमाण्डमा र प्रहरी चौकी रक्सेबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको नेपाल प्रहरीको टोली र स्थानिय मानिसहरु तथा देउमाई नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रण गरिएको थियो । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment